Skip to content

ग्यास बिक्रेता महासंघको अध्यक्षमा ज्ञानेश्वर अर्याल निर्वाचित

nabil bank

काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको नयाँ कार्यसमिति सर्वसम्मत भएको छ । महासंघको ११ औं वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनबाट ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । अर्याल महासंघको संस्थापक अध्यक्षसमेत हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद दुलाल चयन भएका छन् । उपाध्यक्षहरुमा रामप्रसाद झवाली, गेहेन्द्र रिजाल, लालबहादुर केसी, रामप्रसाद गैरे, सन्तोष श्रेष्ठ, राधिका महर्जन र रामकृष्ण खड्का चयन भएका छन् । महासचिवमा विनोद काफ्ले, सचिवमा कृष्ण प्रसाद गैरे र कोषाध्यक्षमा रविन कार्की सर्वसम्मत भएका छन् ।

त्यस्तै महासंघको सदस्यहरुमा प्रकाश तिवारी, रामकुमार खड‌्का, रामशरण पुडासैनी, पेशकान्त भण्डारी, ओमकार बोहोरा, सुदिर यादव, कमल अधिकारी चयन भएका छन् । त्यस्तै श्रीहरि ढकाल, मञ्जु थापा, छवि राज भट्ट, जयराम श्रेष्ठ, गोविन्द शाह र हरिहर बजगाईँ चयन भएका छन् ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापाले अर्याललाई माइन्यूट हस्तान्तरण गर्दै शुभकामना दिएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime