Skip to content

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचादीको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो । अघिल्लो दिन तोलामा २०० रुपैयाँले घटेको सुन आज ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime