Skip to content

अमेरिकामा ६४ जना सवार विमान सेनाको हेलिकप्टरसँग ठोकियो, पोटोम्याक नदीमा खोजी जारी

nabil
global ime

वासिङटन डिसी । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएको छ। दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा खसेको छ।

सो विमानमा ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जना सवार रहेका अमेरिकन एयरलाइन्सले जनाएको छ। वासिङ्टन अग्नि नियन्त्रण विभागका अनुसार बुधबार राति रोनाल्ड रेगन विमानस्थल नजिकै दुर्घटना भएको हो।

दुर्घटना अमेरिकन एयरलाइन्सको सीआरजे७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (H-60 हेलिकप्टर ठोक्किएर भएको थियो। एयरलाइन्सका अनुसार सीआरजे७००० जेटमा ६५ सिट छन्। एयरलाइन्स कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको बीबीसीमा उल्लेख छ।

यो जेट क्यान्सस राज्यबाट राजधानी वासिङगटन आउँदै थियो। हाल विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ। दुवै विमान पोटोम्याक नदीमा खसेको जनाइएको छ। प्रहरीहरु उद्धारकार्यमा जुटेका छन्।

अमेरिकी ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पलाई दुर्घटनाको बारेमा जानकारी गराइएको बताइन्। ट्रम्पले मानिसहरूलाई शान्त रहन आग्रह गरेका छन् र अधिकारीहरूलाई उद्धार कार्य सञ्चालन गर्न आग्रह गरेका छन्। उनले आफूलाई घटनाको बारेमा जानकारी प्राप्त भएको जनाएका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima