Skip to content

श्रीलंकाको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा बढी पुग्ने विश्वास

कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट सरकारी पुँजीगत खर्चका लागि १।३५ ट्रिलियन रुपैयाँ (लगभग ४.६ अर्ब अमेरिकी डलर) विनियोजन गर्ने बताएको छ, जुन हालैका सरकारी पूँजीगत खर्चमध्ये सबैभन्दा बढी हो ।

मंगलबार राति आयोजित आर्थिक शिखर सम्मेलन सन् २०२५ मा दिसानायकेले यस्तो बताए । उनले सरकारले सन् २०२५ मा आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने अपेक्षा गरेको र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न तथा कायम राख्न आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

‘पुँजीगत खर्चको सम्पूर्ण विनियोजनलाई उपयोग गर्न सरकारले आवश्यक संयन्त्र बनाएर काम गरिरहेको छ ।’

श्रीलंकामा लगानी गर्न स्वीकृति पाउन अहिले ८२ विभिन्न संस्थाबाट स्वीकृति लिनुपर्ने र ती स्वीकृति पाउन साढे दुई वर्ष लाग्ने उनले जानकारी दिए । यो समयलाई ६ महिनामा झार्ने उनले वाचा गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima