काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चालु खाता एवम् शोधनान्तर स्थिति १४८ अर्ब भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा चालु खाता रु.१४८ अर्ब १७ करोडले बचतमा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह रु.४ अर्ब ५४ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।












प्रतिक्रिया दिनुहोस्