Skip to content
Prabhu

सुनको मूल्य ६ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा स्थिर रहेको थियो ।

बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३७४ दशमलव ९ डलरमा कारोबार भइरहेको छ

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal