Skip to content

अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढ्यो, प्रतिगोटा कति ?

nabil bank
फाइल फोटो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले बजारमा अण्डाको मूल्य बढेको जानकारी दिए । ‘हिजो हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं, उनले भने, ‘बैठकले आजबाट मूल्य बढाउने निर्णय गरेको हो।’

बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार न्यूनतम प्रतिक्रेट १५ रुपैयाँदेखि अधिकतम ३० रुपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ । मूल्य बढेसँगै अब ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्ने भएको छ।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रुपैयाँ थियो। यो किसानले पाउने मूल्य हो।

किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ। हाल उपभोक्ता मूल्य प्रतिक्रेट २० देखि ३० रुपैयाँका दरले बढेको टोखा–भण्डारी टोलस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए।

उनका अनुसार हाल उपभोक्तालाई प्रतिक्रेट अण्डाको मूल्य ठूलो चार सय ७०, मध्यम चार सय ५० र एक्स–एल ४ सय ९० रुपैयाँ पर्नेछ। यसअघि उपभोक्ताले प्रतिक्रेट अण्डा ठूलो ४ सय ४०, मध्यम ४ सय २० र एक्स–एल ४ सय ६० रूपैयाँ थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi