Skip to content

सुनको मूल्य कीर्तिमान नजिक, तोलामा १४ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन १०० रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो ।

योसँगै नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी मूल्यनजिक पुगेको छ । आज सुनको मूल्य तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा सुनको १ लाख ७१ हजार रुपैयाँ अहिलेसम्मको उच्च मूल्य हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९७५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्