Skip to content

सुनको मूल्य तोलामा २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन २ हजार ७०० रुपैयाँले घटेको सुन आज २ हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९६५ रुपैयाँका कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime