Skip to content

हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्दै

nabil bank

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले ल्हासा उडान गर्ने भएको छ। एयरलाइन्सले बुधबार यस्तो घोषणा गरेको हो।

यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सीधा उडान गर्न लागेको हो। कम्पनीले आगामी मार्चदेखि सीधा उडान गर्ने जानकारी दिएको छ। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो।
यसअघि विभिन्न वायुसेवाले यो विमानस्थलमा चार्टर्ड उडान गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi