काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन २ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९ सय ६५ रुपैयाँका कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्