Skip to content
Prabhu

अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कुनको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९७ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ १० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३८ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५० पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८ रुपैयाँ ६७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६५ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७ रुपैयाँ ११ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal