Skip to content
Prabhu

घरजग्गा कारोबार : माघ महिनामा ३ अर्ब ८७ करोड राजस्व संकलन

काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व संकलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ बराबर राजस्व संकलन भएको हो ।

चालु आर्थिक वर्षको पुस महिनामा ३ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा रु ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ राजस्व प्राप्त भएको थियो । चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व संकलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म कुल रु २४ अर्ब ७१ करोड बराबर राजस्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

गत आवको सोही अवधिमा रु २१ अर्ब ६५ करोड बराबर राजस्व सङ्कलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो सङ्ख्या ४८ हजार एक सय ५६ थियो ।  काठमाडौं उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ । सो कार्यालयले रु ३३ करोड ७४ लाख राजस्व संकलन गरेको विवरणमा देखिन्छ । यस्तै, डिल्लीबजार मालपोत कार्यालयले रु २६ करोड ९२ लाख, कलङ्की मालपोतबाट रु २६ करोड एक लाख, मालपोत कार्यालय चाबहिलले रु २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले रु २४ करोड ४२ लाख बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्