Skip to content

हमासद्वारा थप ३ इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो

Hostages L to R: Israeli-American Sagui Dekel-Chen, Israeli-Argentinian hostage Yair Horn and Israeli-Russian Sasha Trupanov stand on stage next to Palestinian militatns during their handover over to a Red Cross team in Khan Yunis in the southern Gaza Strip on February 15, 2025, as part of the sixth hostage-prisoner exchange. Masked Hamas militants handed over three Israeli hostages to the Red Cross in Gaza on February 15, in the sixth hostage-prisoner swap under its ceasefire agreement with Israel, an AFP journalist reported. (Photo by Eyad BABA / AFP)

एजेन्सी । गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् । बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ ।

हमासका नकाबधारी लडाकूहरूले गाजाको दक्षिणी सहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई परेड गराएपछि उनीहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्नुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो।

अर्घाखाँची सिमेन्ट
Hyundai

आफ्ना अपहरणकारीहरूले दिएको उपहारको झोला र आफ्नो कैदको अन्त्यको प्रमाणपत्र समातेर लडाकुहरूको साथमा रहेका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए ।

गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भङ्ग हुन लागेको आशङ्कापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने सङ्केत दिएका छन् । यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो ।

हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकूलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो । तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो र धेरैले इजरायली झण्डा र पोस्टर बोकेका थिए।

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रूसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले उनीहरूलाई कब्जामा लिएका थिए । इजरायलले बदलामा ३६९ कैदीलाई रिहा गर्ने प्यालेस्टाइनी प्रिजनर्स क्लबको वकालत गर्ने एक समूहले जानकारी गराएको छ ।

सम्झौता असफल हुने सङ्घारमा पुगेपछि हमासका एक अधिकारीले युद्धविरामको दोस्रो चरणको वार्ता अर्को हप्ताको सुरुमा हुने अपेक्षा गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्