काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन बढेको सुन आज एकै दिन २ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तालामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्