Skip to content

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी । जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो ।

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले तीन करोड रुपैयाँको लागतमा भवन निर्माण गर्न थालिएको जानकारी दिए । ‘सङ्घीय सरकारको कृषि तथा पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको ३० लाख २५ हजार रुपैयाँ बजेटबाट भवन निर्माण सुरु गरिएको छ’, उनले भने, ‘आगामी आवमा बजेटलाई निरन्तरता दिने सङ्घीय सरकारको प्रतिबद्धतापछि निर्माण थालिएको हो ।’ बेनीका सबै तरकारी र मासु पसललाई एकै ठाउँबाट सञ्चालन गर्ने लक्ष्यसहित कृषि बजार भवन बनाउन लागिएको हो ।

एकै ठाउँमा तरकारी र मासु पसल सञ्चालन गर्दा प्रतिस्पर्धा हुने, किसानले उत्पादन गरेका सामानको बजारीकरणमा सहयोग पुग्ने वडाध्यक्ष कर्माचार्यले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi