Skip to content
Prabhu

एलजी नेपालकै नम्बर १ विश्वासिलो वासिङ मेसिन ब्रान्ड

काठमाडौं । एलजी नेपालमा चौधरी ग्रुपमार्फत आधिकारिक रूपमा वितरित हुन्छ। चौधरी ग्रुपले बिगत ४ दशक देखि एलजीका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

एलजी नेपालमा टीभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन, तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू को लागि एक लोकप्रिय ब्रान्ड हो। नेपालमा नविनतम प्रविधि, ऊर्जा– दक्ष उपकरणहरू, र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित छ।

global
अर्घाखाँची सिमेन्ट

नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन, र उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै, एलजी वाशिङ मेसिनले घरायसी लुगा धुने प्रविधिमा नयाँ मानक स्थापित गरेको छ। एलजी वाशिङ मेसिन नेपालकै सबैभन्दा विश्वासिलो तथा नम्बर १ ब्रान्ड हो, जसले आफ्नो विरासतलाई निरन्तर कायम राख्दै आएको छ।

नवीनतम एलजी वासिङ मेसिन मा समावेश एआई डाइरेक्ट ड्राइभ™ प्रविधिले स्वचालित रूपमा उपयुक्त धुने प्रक्रिया चयन गर्दछ। ६ मोसन डाइरेक्ट ड्राइभ™ प्रविधिले हातले धुने तरिकालाई नजिकबाट अनुसरण गरी उत्कृष्ट धुने अनुभव प्रदान गर्छ।

एलजी वासिङ मेसिनका प्रमुख विशेषताहरू :

✅ स्टीम™ प्रविधि – एलर्जी हटाउन र कपडामा चिटिक्क राख्न सहयोगी ।
✅ टर्बोवाश™ ३६०° – केवल ३९ मिनेटमै छिटो र प्रभावकारी धुने प्रक्रिया।
✅ नो बेल्ट, नो पुली डिजाइन – प्रत्यक्ष मोटर ड्राइभ प्रविधि, बढी टिकाउ र प्रभावकारी ।
✅ थिनक्यू™ स्मार्ट कनेक्सन – मोबाइल एपमार्फत टाढाबाटै संचालन गर्न सकिने।
✅ पूर्ण स्टेनलेस स्टिल ड्रम – स्वच्छ, टिकाउ, र दीर्घकालीन प्रयोगका लागि उपयुक्त ।
✅ टेम्पर्ड ग्लास ढोका – आकर्षक डिजाइन, स्क्र्याच-प्रतिरोधी र बलियो संरचना ।

‘एलजी सधैं नवप्रवर्तनमा अगाडि छ, जसले उपभोक्ताहरूलाई नवीनतम प्रविधि र उच्च गुणस्तर प्रदान गर्छ। नेपालकै सबैभन्दा विश्वासिलो वाशिङ मेसिन ब्रान्डको रूपमा चिनिनु हाम्रो लागि गर्वको विषय हो। यसले हाम्रा ग्राहकहरूको भरोसा र सन्तुष्टिलाई प्रमाणित गर्दछ ।

चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।

एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो। यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ।एलजी गुणस्तर, ऊर्जा दक्षता, र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० देशमा उपलब्ध छन्।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal