Skip to content

७ महिनामा मेची भन्सारले उठायो ८ अर्ब ८४ करोड राजस्व

nabil bank

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ८ अर्ब ८४ करोड ८६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा ९ अर्ब ६० करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । गत आव २०८०÷८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व संकलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।

चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट पाँच अर्ब २८ करोड १४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी तरकारीको आयतबाट ४४ करोड २५ लाख ४२ हजार रुपैयाँ, यातायातका साधन र तिनका पाटपुर्जाबाट २४ करोड ७५ लाख ९१ हजार रुपैयाँ, दलहनबाट १५ करोड ९६ लाख ८५ हजार रुपैयाँ, खनिज उत्पादनबाट १५ करोड ७३ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

चालु आवको सात महिनामा १६ अर्ब चार करोड ४८ लाख ६३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा नौ करोड २२ लाख २९ हजार र २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिँदा आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व संकलन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi