Skip to content
Prabhu

सुनको मूल्य तोलामा ५ सयले बढ्यो, अब १ तोला सुुन किन्न १ लाख ७१ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान मूल्यसँग बराबरी गरेको छ । मंसिर महिनामा कायम भएको १ लाख ७१ हजार रुपैयाँ कीर्तिमानी मूल्यसँग आज बराबरी भएको हो ।

आज सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ७१ हजार रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुन तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

global
अर्घाखाँची सिमेन्ट

नेपाल सुचाँदी व्यवसयी महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal