Skip to content

अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई विमान ठोक्किँदा २ जनाको मृत्यु

nabil bank

वासिङटन डिसी । अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रारम्भिक जानकारीअनुसार टक्सनको उत्तरपश्चिममा रहेको माराना क्षेत्रीय विमानस्थलनजिकै स्थानीय समयअनुसार बुधबार बिहान ८ः२८ मा दुर्घटना भएको हो।

जे सेस्ना १७२एस र ल्यान्केयर ३६० एमके क्ष्क्ष् विमान ठोक्किएका थिए। विमानस्थलको दुई रनवेमध्ये एक रनवे १२ माथि फिक्स्ड–विङ सिंगल–इन्जिन विमान ठोक्किएका हुन्।

माराना प्रहरी विभागले घटनाबाट दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। दुबै विमानमा दुईर दुई जना रहेको जनाइएको छ। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

अमेरिकामा पछिल्लो समय धेरै विमान दुर्घटना भइरहेको छ। यसअघि टोरन्टोमा अवतरण गर्ने क्रममा डेल्टा जेट पल्टिएको थियो। उक्त जहाजमा रहेका सबै ८० जनालाई बचाइएको थियो।

त्यसअघि अलास्कामा विमान दुर्घटना भएको थियो। जनवरीको अन्त्यतिर वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime