Skip to content

अर्जुननरसिंह केसीले भनेः १००० र ५ सयका नोटमा प्रतिबन्ध लगाऔं

nabil bank
काठमाडौँ, ११ फागुनः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा मन्तव्य राख्नुहुँदै सांसद डा अर्जुननरसिंह केसी । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको शून्य समयमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले १ हजार र ५ सयका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका छन्।

सुशासन कायम गर्न तथा भ्रष्टाचार कम गर्नका लागि पनि यी नोट माथिको प्रतिबन्ध लगाउनु पर्ने उनको भनाइ छ। उनले ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा नेपाल एक श्रेणी थपिएको तथा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे सूचीमा परेको विषयमा तत्काल संसदीय छलफल गर्न आवश्‍यक रहेको उनले बताएका छन्।

भ्रष्टाचार बढ्नु र ग्रे सूचीमा पर्नुको कारणबारे छलफल गर्नुपर्ने उनको भनाइ छ। उनले भ्रष्टाचार घटाउने उपायबारे पनि छलफल गर्नुपर्ने बताएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime