Skip to content

अण्डाको मूल्य फेरि प्रतिक्रेट ४० रुपैयाँले बढ्यो

फाइल फोटो

काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट ३५ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँका दरले अण्डाको मूल्य बढाएको हो।

हामीले आइतबार बैठक बसेर आजबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका हौं, संघका अध्यक्ष विनोद पोखरेलले भने। बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।

अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट ३ सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रुपैयाँ पुगको छ। यसअघि मध्यम अण्डा प्रतिक्रेट ३ सय ५०, ठूलो अण्डा ३ सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट ३ सय ८५ रुपैयाँ पर्ने भएको छ।

यो किसानले पाउने मूल्य हो। संघका अनुसार उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले शुक्रबार मूल्य समायोजन गर्न घटाइएकोमा सोमबारबाट बढाइएको हो। खुद्रा बजारमा उपभोक्ताका लागि प्रतिगोटा अण्डाको मूल्य भने २० रुपैयाँ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi