Skip to content

२६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमनले सोध्यो स्पष्टीकरण

 

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार २६ वटा निर्माण कम्पनीरआपूर्तिकर्ताहरूलाई सातदिने स्पष्टीकरण सोधेको छ।

खरिद अनुगमन कार्यालयका अनुसार विभिन्न सरकारी निकायहरूले सिफारिस गरिपठाएको आधारमा स्पष्टीकरण सोधिएको जानकारी दिएको छ। कार्यालयले रौतहट, चन्द्रपुर–६ मा रहेको रोशिस कन्स्ट्रक्सनलाई स्पष्टीकरण सोधेको छ।

चन्द्रपुर–५ मा रहेको उमंग ट्रेडर्स र चन्द्रपुरमै रहेको पौराई बाबा कन्स्ट्रक्सन प्रालिलाई पनि स्पष्टीकरण सोधिएको छ। रूपन्देही, ओमसतियामा रहेको साहनी विल्डर्स, नवलपरासी, सुनवलमा रहेको न्यू जगतदेवी निर्माण सेवालाई पनि सातदिने स्पष्टीकरण सोधिएको छ।

काठमाडौंको चाबहिलमा रहेको विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, इलामा रहेको एमडी ब्रो कन्स्ट्रक्सनलाई पनि स्पष्टीकरण सोधिएको छ।

स्पष्टीकरण सोधिएकाहरूको सूची


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima