Skip to content

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छः उपप्रधानमन्त्री महासेठ

nabil
global ime

रसुवा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिएका छन् । गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा संयुुक्तरूपमा आयोजित १२औँ ‘रेडपान्डा’ ट्रफी प्रतियोगिता र २९ औँ वन्यजन्तु सप्ताह कार्यक्रमको समापन कार्यक्रममा उहाँले धुञ्चे खोदल हुँदै त्रिशूली मैलुङ स्याफ्रुबेँसी मार्ग जोड्ने सडक सुधारमा सहयोग हुने बताए । गोसाइँकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न सक्दो सहयोग गर्ने उपप्रधानमन्त्री महासेठले जानकारी दिए।

कार्यक्रममा सांसद् मोहन आचार्यले रसुवाको पूर्वाधार विकासमा थप सहयोग गर्न सरकारसंग आग्रह गरे । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, तत्कालीन संविधानसभाका सदस्य प्रेम तामाङ, जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष कर्नेल तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावासिदार तामाङ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ , लाङ्टाङ निकुञ्ज मध्यवर्ती क्षेत्रकी लालुमायाँ घलेलगायतले विकास निर्माण सामूहिक प्रतिवद्धताको खाँचो औँल्याए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima