Skip to content
Prabhu

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा १ खर्ब १४ अर्ब राजस्व सङ्कलन

nabil

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले एक खर्ब १४ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको हो । चालु आवको नौ महिनाका लागि भन्सार विभागले एक खर्ब ८१ अर्ब ९९ करोड रुपैयाँको लक्ष्य निर्धारण गरेको थियोे । कार्यालयले लक्ष्यभन्दा ६७ अर्ब ८२ करोड रुपैयाँ कम राजस्व सङ्कलन गरेको छ ।

विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व सङ्कलनलाई प्रभावित गरेकोे बताए ।

गत आवकोे तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए । उनले गत आवको नौ महिनाका लागि विभागले दिएको लक्ष्याको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal