Skip to content

फोनपे र पार्टनर बैंकको डिजिटल वित्तीय समावेशीकरणमार्फत महिला सशक्तिकरण अभियान

nabil
global ime

काठमाडौं । भुक्तानी नेटवर्क, फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियानको शुभारम्भ गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एन आई सी एशिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँग साझेदारीमा यो अभियान सञ्चालित छ । यस अभियानको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु रहेको कम्पनीले जनाएको छ ।

महिलाहरूको योगदान नेपालको आर्थिक वृद्धिमा अत्यन्त महत्वपूर्ण रहेको छ, र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवाहरूमार्फत महिलाहरुलाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ। “सक्षम नारी” अभियानको मुख्य उद्देश्य महिलाहरूमा डिजिटल वित्तीय सेवाहरूको बारेमा जानकारी र सचेतना प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । यस अभियानले महिलाहरुलाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र तिनीहरूलाई दैनिक जीवनमा डिजिटल भुक्तानीको प्रयोगमा प्रेरित गर्नेछ। साथै, महिलाहरुलाई डिजिटल वित्तीय सेवाहरू प्रयोग गर्न प्रोत्साहित गर्दै, उनीहरूले आफ्नो अन्य महिला साथीहरूलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य राखेको छ।

यस अभियानका माध्यमबाट महिलाहरूलाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङ बारेमा प्रशिक्षण र स्रोतहरू उपलब्ध गराइने छन् । महिला प्रयोगकर्ताहरूलाई यस डिजिटल परिवर्तनमा सक्रिय बनाउने उद्देश्यका साथ, यो अभियान मार्च ३१ सम्म चल्नेछ। यो अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताहरुले हाम्रो पार्टनर बैंकहरको मोबाइल बैँकिङ् एप द्वारा फोनेपेका कुनै पनि सेवाहरु न्युनतम ३ पटक सम्म प्रयोग गर्नुपर्ने हुन्छ जसले नगद भुक्तानीबाट डिजिटल भुक्तानीको प्रणालीमा सहज र सुरक्षित संक्रमण सुनिश्चित गर्नेछ ।

सक्षम नारी अभियानको उद्देश्यमा महिला सहभागिता बढाउनका लागि, फोनपे र पार्टनर बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा गरेका छन्। प्रत्येक पार्टनर बैंकबाट एक महिला भाग्यशाली विजेताले (कुल ‘छ’भाग्यशाली विजेता) नटराज ज्वेलर्स बाट विशेष हीरा गहना प्राप्त गर्नेछन्। साथै, प्रत्येक बैंकबाट ५० महिला विजेताहरूलाई (कुल ३०० महिला)रु. १,००० को शपिंग भाउचर प्रदान गरिने कम्पनीले जनाएको छ ।

अभियानको उद्देश्यका बारेमा बोल्दै, फोनपेकी मार्केटिंग प्रमुख, सलिना नकर्मीले भनिन्, ‘आर्थिक वृद्धिका लागि वित्तीय समावेशन अत्यन्त महत्त्वपूर्ण छ, तर डिजिटल वित्तीय सेवाहरूको प्रयोगमा महिलाहरूको बीचमा एक ठूलो अन्तर रहेको छ, जहाँ महिलाहरू मात्र एक तिहाइ सक्रिय डिजिटल भुक्तानी प्रयोगकर्ताहरूमा सीमित छन् । हालैको बैंकिङ तथ्यांकले देखाएको यो अन्तर घटाउन, हामी ‘सक्षम नारी’ अभियानलाई पुनः सुरु गर्दैछौं । यो एक ब्रान्ड बिल्डिङ पहल हो जसले महिलाहरुलाई डिजिटल वित्तीय साक्षरतामार्फत सशक्त बनाउने उद्देश्य राख्छ । यो अभियान नेपालको डिजिटल परिवर्तनलाई अघि बढाउने र सबैको लागि पहुँच सुनिश्चित गर्ने लक्ष्य राख्दछ ।’

नेपाल डिजिटल प्राथमिक भविष्यतर्फ अघि बढिरहेका बेला, ‘सक्षम नारी’ अभियानले महिलाहरूलाई डिजिटल कारोबारलाई आफ्नो दैनिकीमा सहज रूपमा अपनाउन आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्ने लक्ष्य राखेको छ। फोनेपे वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्न प्रतिबद्ध छ, जसले हरेक नेपालीलाई, लिंगको कुनै भेदभाव नगरी, डिजिटल वित्तीय सेवाहरूको लाभ समान रूपमा प्राप्त गर्न सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima