Skip to content

सुनको मूल्य ६ सयले बढ्यो, चाँदीको मूल्य २ हजार पुग्यो, कतिमा हुँदै छ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा २ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको घटेर १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime