Skip to content
Prabhu

नेपाली नोट छाप्न ६ देशका ६ कम्पनी सूचीकृत

काठमाडौं । नेपाली नोट छाप्न ६ देशका ६ कम्पनी सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले नोट छपाइको खरिद सेवाको लागि पूर्वयोग्यताको आवेदन माग गरेकोमा ६ देशका ६ कम्पनी योग्य देखिएका हुन् ।

नेपाली नोट छपाइको लागि चीन, बेलायत, जर्मनी, रुस, फ्रान्स र पोल्याण्डसहित ६ देशका कम्पनी योग्य देखिएको राष्ट्र बैंकले जनाएको छ । नेपाली नोट छपाईको केन्द्रीय बैंकले १० जनावरी २०२५ मा आवेदन आह्वान गरेको थियो । नोटको डिजाई, प्रिन्टिङ सप्लाई र डलीभरीको लागि खरिद प्रस्ताव आह्वान गरेकोमा आवेदन दिएकामध्ये ६ कम्पनी योग्य देखिएको राष्ट्र बैंकले जनाकारी दिएका छ ।

global
अर्घाखाँची सिमेन्ट

नेपाल राष्ट्र बैंकले तोकेको पूर्व योग्यता पुरा गरेका ६ कम्पनीले राष्ट्र बैंकले नोट छपाईका लागि खरिद प्रस्ताव आह्वान गर्दा प्रतिस्पर्धा गर्न पाउनेछन् । तिमध्ये एक कम्पनीले राष्ट्र बैंकले खरिद प्रस्ताव आह्वान गर्दा नोट छपाईको जिम्मेवारी पाउनेछन् । आवेदन दिएकामध्ये नोट छपाईको लागि राष्ट्र बैंकले तोकेको पुर्व योग्यता पुरा गर्ने कम्पनीमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् रहेका छन् । आगामी चरणको लागि यी ६ कम्पनीहरु मात्रै नेपाली नोट छपाई लागि योग्य हुनेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal