काठमाडौं । भोलि होली पर्वको सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस भने खुला रहने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलि आर्थिक एने २०८१ ले प्रदान गरेको छुटा तथा सुविधा कार्यान्वयनको अन्तिम दिन भएकाले बैंक तथा वित्तीय संस्था र क्लियरिङ खुला गरी राजस्व संकलन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
आन्तरिक राजस्व विभागको २०८१ साल फागनु २८ गतेको पत्र अनुसार रावस्व संकलनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउसलाई अनुरोध गरेको हो ।
प्रतिक्रिया दिनुहोस्