Skip to content
Prabhu

अष्ट्रेलियन डलरको भाउ बढ्दा, यूरो र पाउण्डको घट्यो, अरु मुद्राको कारोबार कतिमा हुँदैछ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६३ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर १६४ रुपैयाँ ६७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६१ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६० पैसा र बिक्रीदर ८ रुपैयाँ ६४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४६ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ रुपैयाँ ६१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २० पैसा र बिक्रीदर १२ रुपैयाँ २६ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७ रुपैयाँ ०६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७६ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६० पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal