Skip to content
Prabhu

महायज्ञबाट २ करोड ७६ लाख संकलन

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा २ करोड ७६ लाख रूपैयाँ संकलन भएको छ ।

हरिवन नगरपालिका–९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार ४२ लाख सहयोग संकलन भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

रकम अभावका कारण दनुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न ११ करोड रुपैयाँ आवश्यक पर्ने संयोजक थापाले बताए । रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायत्रबाट २ करोड ७६ लाख रूपैयाँ संकलन भएको थियो । महायज्ञमा हरिवन नगरपालिकाले ५६ लाख रूपैयाँ सहयोग गरेको छ ।

जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए । सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal