Skip to content

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

nabil bank

तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरे।

फूलको व्यापार विस्तार गर्दै गुरुङले उनले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेको छ। हाल उनले मासिक दुई लाख रुपैयाँ आम्दानी लिने गरेको गुरुङले बताइन् ।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक ८–९ लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख रुपैयाँ बचत हुने उनले बताए ।

‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ’, गुरुङले भने। अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिए । ‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ’, उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi