Skip to content
Prabhu

बहुराष्ट्रिय कम्पनी डाबरले १० अर्ब नेपालमा थप लगानी गर्ने, क्षमता विस्तार प्रोडक्ट विविधिकरणमा लगानी हुने

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नेपालमा थप १० अर्ब लगानी गर्ने भएको छ ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि लगानी बोर्डमा प्रस्ताव गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतमा बसेको लगानी बोर्डको बैठकले डाबरले प्रस्ताव गरे अनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपश्चात वार्ता प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

डाबर नेपालले उद्योगको क्षमता विस्तार थप प्रोडक्ट ल्याउन लगानी गर्ने छः हरकिरत सिंह बेदी

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरे अनुसार उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकनपश्चात वार्ता प्रक्रिया अगाडी बढाइएको लगानी बोर्डले जनाएको छ ।

डाबर नेपालका बिजनेश हेड हरकिरत सिंह बेदी डाबरले क्षमता विस्तार तथा उद्योगको उत्पादन विविधिकरणको लागि लगानी गर्न लागेको बताए ।

“डाबर नेपालले नेपालमा केही प्रोडक्टहरु थप उत्पादन गर्न खोजेको छ,”बेदीले लगानीन्यूजसँग भने,“विरगन्जमा रहेको उद्योगको क्षमता बढाउने र थप वस्तुको उत्पादन गर्ने हाम्रो नीति रहेको छ।”

नेपालमा विदेशी लगानीमा स्थापना भएको सफल कम्पनीको रुपमा डाबर नेपाललाई लिने गरिन्छ । तीन दशक अगाडि डाबर नेपालमा भित्रिएको थियो । तीन दशक अगाडि ८ करोड लगानीमा डाबरले नेपालमा उत्पादन शुरु गरेको थियो । अहिले डाबरको लगानी ४ अर्बभन्दा बढी भइसकेको छ ।

डाबर नेपाल प्रालिमा डाबर इन्डिया लिमिटेडको ९७.०५ प्रतिशत लगान्ी रहेको छ । बाँकी लगानी नेपाली लगानीकर्ताको रहेको छ ।

नेपालको निर्यात बढी गर्ने उद्योगमा डाबर नेपाल प्रालि पर्छ । वर्षको ८ अर्बभन्दा बढीको निर्यात डाबर नेपालले गर्ने गर्छ । निकासी बढी गर्ने उद्योगबाट सबैभन्दा बढी कर तिरेको भन्दै डाबरलाई सरकारले सम्मान समेत गरेको छ ।

डाबरको वर्षको व्यापार १२ अर्बको जति हुने गरेको छ ।

डाबर नेपालले नेपालमा रियल ब्रान्डमा जुस, हाजमोला, डाबर ब्रान्डमा ग्लुकोज, टूथपेस्ट, मह लगायतका प्रडक्टहरू ३०० भन्दा बढी वितरक तथा १ लाख रिटेलर पोइन्ट बिक्री गर्दै आएको छ ।

कम्पनीले पेय पदार्थ, च्यवनप्राश, ग्लुकोज, टूथपेस्ट, कपालमा लाउने तेल, हाजमोला, मह लगायतका वस्तु निर्यात गर्दै आएको छ । कम्पनी विभिन्न सरकारी निकायहरूद्वारा निर्यात व्यवसायमा उत्कृष्ट करदाता, व्यावसायिक रूपमा महत्त्वपूर्ण व्यक्ति जस्ता पुरस्कारहरूबाट पुरस्कृत भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्