Skip to content

सुन तोलामा ६ सयले घट्यो, चाँदीको मूल्य स्थिर

nabil bank

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ । अघिल्लो दिन पनि घटेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी अघिल्लो दिनकै मूल्य १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime