Skip to content

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त

nabil bank

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहाकारमा त्रिभुवन विश्‍वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक सूर्यबहादुर थापा नियुक्त भएका छन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । थापा लामो  समयदेखि त्रिविमा अध्यापन गर्दै आएका छन्।

यसअघि अर्थमन्त्री तथा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहाकार योजना आयोगका पूर्वपदाधिकारी तथा राष्ट्र बैंकका अधिकारीहरू नियुक्त गरिँदै आएको थियो।

आगामी आर्थिक वर्षको बजेट निर्माणको संघारमा रहेका अर्थमन्त्री पुनले नयाँ टिम बनाएका छन्। यसअघि अर्थमन्त्रालयका महत्वपूर्ण दुई विभाग भन्सार विभागमा ढुन्डीराज निरौला र आन्तरिक राजस्व विभागमा शिवलाल तिवारीलाई जिम्मेवारी दिएका छन्। बजेट मशाशाखा, राजस्व महाशाखा लगायतका शाखाहरूको जिम्मेवारी पनि हेरफेर गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi