Skip to content
Prabhu

अप्रिलदेखि ट्रम्पले केही देशबाट आयात  हुने सामानमा नयाँ ट्यारिफ लगाउने, के हुनेछ असर ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अप्रिल २ देखि नयाँ ट्यारिफ लगाउँदैछ । उनले कार र कार पाट्र्सको आयातमा ट्यारिफ लगाउने योजना बनाएका  छन् । उनले अप्रिल २ लाई ‘लिबरेशन डे’ भन्दै विभिन्न व्यापारिक साझेदार राष्ट्रमा ‘रेसिप्रोकल ट्यारिफ’ लगाउने घोषणा गरेका छन्,
global
अर्घाखाँची सिमेन्ट
यसअघि नै ट्रम्पले स्टील र एल्युमिनियमको आयातमा ट्यारिफ लगाइसकेका छन् । उनले क्यानडा, चीन र मेक्सिकोबाट आयात हुने सामानहरूमा पनि ट्यारिफ लगाएका छन् ।  उनले अबका दिनमा एसिया, युरोप, र दक्षिण अमेरिका ती राष्ट्रहरूमा ट्यारिफ लगाइनेछ, जसले अमेरिकातर्फ निर्यात धेरै गर्छन् तर आयात कम गर्छन् ।
डोनाल्ड ट्रम्पले हालसम्म मोटर गाडीहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्, जुन अप्रिल २ देखि लागू हुनेछ । उनले कार पाट्र्समा ट्यारिफ मे महिनादेखि वा त्यसपछि लागू गरिने बताएका छन् । अमेरिकाले हरेक वर्ष करिब ८० लाख कारहरू आयात गर्छ, जसको कुल मूल्य करिब २४० अर्ब अमेरिकी डलर हुन्छ ।
अमेरिकाले मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट आयात हुने सामानहरूमा २५ प्रतिशत ट्यारिफ लगाइसकेको छ । त्यसैगरी, क्यानडाबाट ऊर्जासम्बन्धी आयातमा १० प्रतिशत ट्यारिफ लगाइएको छ ।
अन्य देशहरूले पनि ट्यारिफ लगाउँदै
यद्यपि, मोटर गाडी र तिनका पाट्र्स अमेरिका–मेक्सिको–क्यानडाको फ्रि ट्रेड एग्रिमेन्टअन्तर्गत उत्पादन गरिन्छन्, जसले तिनीहरूलाई ट्यारिफबाट जोगाएको छ । तर, अमेरिकी भन्सार अधिकारीहरूले नयाँ प्रणाली बनाएमा त्यसलाई ट्यारिफ अन्तर्गत राख्न सकिन्छ ।
ह्वाइट हाउसले क्यानडा र मेक्सिकोमा ट्यारिफ लगाउनुको उद्देश्य ती सरकारहरूलाई अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीहरू र गैरकानुनी रूपमा उत्पादित फेन्टेनाइल (एक शक्तिशाली ओपिओइड औषधि) रोक्न दबाब दिनु हो भनेको छ ।
अमेरिकाले गत फेब्रुअरी ४ मा चीनबाट आउने सामानहरूमा १० प्रतिशत ट्यारिफ लगाएको थियो, जुन मार्च ४ मा बढाएर २० प्रतिशत पु¥याइयो । यद्यपि, ८०० डलरभन्दा कम मूल्यका सामानहरूलाई ट्यारिफबाट छुट दिइएको छ ।  चीनले यसको जवाफमा अमेरिकी सामानहरूमा १० देखि १५ प्रतिशत ट्यारिफ लगाएको छ, जसमा कृषिसँग सम्बन्धित उपकरणहरू पनि सामेल छन् ।
क्यानडाले अमेरिकी सामानहरूमा ४० अर्ब डलरभन्दा बढीको ट्यारिफ लगाइसकेको छ । तर, मेक्सिकोले यसको प्रतिरोध गर्दै कुनै ट्यारिफ नलगाउने निर्णय गरेको छ ।
मार्च १२ मा अमेरिकाले कुनै पनि देशबाट आउने स्टील र एल्युमिनियममा २५ प्रतिशत ट्यारिफ लगाएको छ । यसको असर क्यानडा, ब्राजिल, मेक्सिको, दक्षिण कोरिया, भियतनाम, र जापानमा परेको छ, किनभने यी देशहरूले अमेरिका तर्फ ठूलो मात्रामा स्टील र एल्युमिनियम निर्यात गर्छन् ।
युरोपियन युनियनले अप्रिल १ देखि २८ अर्ब डलर बराबरको अमेरिकी सामानमा ट्यारिफ लगाउने तयारी गरेको छ । यसमा बोर्बन ह्विस्की, मोटरसाइकल, र बोट सामेल छन् ।
मार्च २५ देखि अमेरिका ती राष्ट्रहरूबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउँदैछ, जसले भेनेजुएलाबाट तेल खरिद गर्छन् । ह्वाइट हाउसका अनुसार यो निर्णय भ्रष्ट भेनेजुएली सरकारमाथि दबाब बढाउन गरिएको हो ।
अमेरिकी ट्यारिफको असर
रिसर्च कम्पनी मूडीज एनालिटिक्सका अनुसार, वर्तमान ट्यारिफहरू १.४ ट्रिलियन डलर मूल्यका सामानहरूमा लागू भएका छन् । यसले आयातित सामानहरूमा अमेरिकी ट्यारिफको औसत दर ३ प्रतिशतबाट बढेर १० प्रतिशत पु¥याएको छ। यो द्वितीय विश्वयुद्धपछिकै उच्च स्तर हो ।
ट्रम्प बारम्बार अप्रिल २ लाई ‘लिबरेशन डे’ भन्दै आएका छन्। ट्रुथ सोशल प्लेटफर्ममा उनले लेखेका छन्, “अप्रिल २ अमेरिका का लागि मुक्ति दिवस हुनेछ, दशकौंदेखि हाम्रा मित्र वा शत्रु देशहरूले हामीलाई लुट्दै आएका छन् । अब समय आइसकेको छ कि अमेरिका फेरि आफ्नो पैसा र सम्मान फिर्ता ल्याओस् ।”
निर्वाचन अभियानको दौरान ट्रम्पले बारम्बार दोहो¥याएका थिए कि उनले अमेरिका प्रवेश गर्ने कम्पनीहरूको सामानमा १० देखि २० प्रतिशत ट्यारिफको छुट दिनेछन् । हालै, ट्रम्पले ‘रेसिप्रोकल ट्यारिफ’ को अवधारणाबारे चर्चा गर्दै भने, “उनीहरू हामीमाथि शुल्क लगाउँछन्, हामी पनि उनीहरू माथि लगाउँछौँ ।”
यद्यपि, मार्च २४ मा न्यूजमैक्स टिभीलाई दिएको अन्तर्वार्तामा उनले केही राष्ट्रहरूलाई ट्यारिफमा छुट दिन सक्ने संकेत गरेका थिए । उनले भने, “जति शुल्क उनीहरू लगाउँछन्, हामी कम शुल्क लगाउनेछौँ । उनीहरू हामीमाथि धेरै शुल्क लगाउँछन्, तर उनीहरूले हामीजस्तो सोच्दैनन् ।”
यूएस इकोनोमिक्स काउन्सिलका निर्देशक केभिन हैसेटका अनुसार यो केही राष्ट्रहरूका लागि ठूलो ट्यारिफ हुनेछ, तर सीमित राष्ट्रहरूलाई मात्र असर पर्नेछ ।
ट्रम्प किन ट्यारिफ लगाउन चाहन्छन् ?
राष्ट्रपति ट्रम्पले ट्यारिफलाई आफ्नो आर्थिक नीतिको केन्द्र बनाएका छन् । उनी अमेरिकाको व्यापारघाटा कम गर्न चाहन्छन् । सन् २०२४ मा अमेरिका ९०० अर्ब डलरको व्यापार घाटामा थियो । मार्च ४ मा अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले भने, “दशकौंसम्म हरेक देशले हामीलाई लुट्दै आएका छन्। तर, अब हामी त्यसो हुन दिने छैनौँ ।”
उनको दाबी छ कि ट्यारिफले अमेरिकाको औद्योगिक उत्पादन वृद्धि गर्छ, रोजगारी सुरक्षित राख्छ, कर राजस्व बढाउँछ, र आर्थिक वृद्धिमा मद्दत गर्छ ।  ट्रम्पका अनुसार ट्यारिफ लागू भएपछि विदेशी कम्पनीहरू अमेरिका भित्र उत्पादन गर्न बाध्य हुनेछन् ।
मार्च २४ मा उनले दक्षिण कोरियाली अटो कम्पनी हुन्डाईले अमेरिकामा २१ अर्ब डलर लगानी गर्ने घोषणा गरेका थिए ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal