काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अंकको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ।
आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रूपैयाँ कायम भएको सुनको मूल्य आज तोलामा १ हजार १ सय बढेर १ लाख ७७ हजार ९ सय रूपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंङले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर २ हजार ३५ रूपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्