Skip to content

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

nabil bank

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। आजदेखि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित उडान सुरु गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार १ सय ७ जना यात्रु बोकेर ल्हासाबाट आएको हिमालयको जहाज दिउँसो पौने दुई बजे पोखरा विमानस्थलमा अवतरण भएको हो। योसँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनीसमेत बनेको छ।

यो जहाज भोलि बिहान ८ः२० बजे ल्हासाका लागि उड्नेछ। योसँगै हिमालय एयरलाइन्सको जहाज अब हरेक सोमबार ल्हासाबाट पोखरा आउनेछ र मंगलबार पोखराबाट ल्हासाका लागि उड्ने तालिका रहेको छ।

हाल हिमालय एयरलाइन्ससँगै चिनियाँ वायुसेवा सिचुवान एयरलाइन्सले पनि सातामा एउटा चार्टर्ड उडान गरिरहेको छ। हिमालय एयरलाइन्सले भने नियमित उडान थालेको हो। आगामी दिनमा यात्रु संख्या बढेमा यसलाई विस्तार गरिने एयरलाइन्सले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi