Skip to content

यस्ता छन् नेपाल र कतारले गरेका आठबुँदे सम्झौता तथा सहमतिहरू

काठमाडौं । नेपाल र कतारले आठबुँदे सम्झौता तथा सहमतिहरू गरेको छ । कतारी राजा शेख तामिम बिन हमाद अल थानीको दुई दिने नेपालको राजकीय भ्रमण सकिएसँगै दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले विभिन्न सम्झौता तथा सहमतिमा हस्ताक्षर गरेका छन् । नेपाल र कतारले गरेका विभिन्न सम्झौता तथा सहमतिका ८ बुँदा यस्ता छन्ः

 

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबिचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सहकार्य गर्ने समझदारी

२. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्यूज एजेन्सीबिचमा समाचार आदानप्रदानको सहकार्यको सहमति

३. नेपाल सरकार तथा कतार सरकारका बिचमा शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक खोजका क्षेत्रमा सहकार्य गर्ने समझदारी

४. नेपाल सरकार तथा कतार सरकारका बिचमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्नेमा समझदारी

५. नेपाल तथा कतारका महान्यायाधिवक्ता कार्यालयका बिचमा सहकार्यको समझदारी

६.नेपाल सरकारको परराष्ट्र अध्ययन प्रतिष्ठान तथा कतार सरकारको विदेश मन्त्रालयको कूटनीतिक संस्था बिचमा कूटनीतिक तालिम तथा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने समझदारी

७. नेपालको उद्योग वाणिज्य महासंघ र कतारको कतार चेम्बरका बिचमा साझा व्यापारिक परिषद् स्थापना गर्ने सम्झौता

८. नेपाल उद्योग वाणिज्य महासंघ तथा कतार चेम्बरका बिचमा समझदारी पत्रको नवीकरण

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi