Skip to content

सुनको मूल्य १८ सयले बढेर नयाँ रेकर्ड, प्रतितोला मूल्य १ लाख ७९ हजार ७ रूपैयाँ

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। आज सुनको मूल्य तोतामा १ हजार ८ सयले बढेको छ ।

उक्त दिन सुन प्रतितोला १ लाख ७७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर छ। सोमबार प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपाली बजारमा सुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T