काठमाडौं । नेपाली बजारमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन ताेलामा ६०० रुपैयाँले घटेको सुन आज १ हजार २०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।
आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन सुन तोलामा १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्यले लगातार रुपमा रेकर्ड कायम गरिरहेको छ ।
सुनको मूल्यले रेकर्ड बनाएको दिन चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार १४४.२९ अमेरिकी डलर र चाँदी ३३.२३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्