Skip to content
Prabhu

इयुले ट्रम्पको भन्सार महसुलको जवाफ अप्रिल अन्त्यसम्ममा दिनेछ : फ्रान्स

पेरसी । युरोपेली संघ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताएका छन् ।

‘त्यहाँ दुईवटा जवाफहरू हुनेछन् । पहिलो, अप्रिलको मध्यमा हुनेछ, त्यो स्टिल र एल्युमिनियममा पहिले नै निर्णय गरिएको भन्सार महसुलको प्रतिक्रिया हो’, सरकारी प्रवक्ता सोफी प्रिमासले भने, ‘त्यसपछि क्षेत्र–क्षेत्र अनुसार विस्तृत अध्ययन हुनेछ र अप्रिलको अन्त्यअघि समन्वित, एकताबद्ध र बलियो तरिकाले युरोपेली निर्णय घोषणा गरिनेछ ।’

global
अर्घाखाँची सिमेन्ट

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बुधबार अपराह्न युरोपेली आयोगका प्रमुख उर्सुला भन डेर लेयनसँग कुरा गर्नुहुने प्रिमासले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अपराह्न ४ः०० बजे (२००० जिएमटी) मा व्यापक ‘मुक्ति दिवस’ भन्सार महसुलहरू घोषणा गर्नुहुने अपेक्षा गरिएको छ ।

युरोपेली सङ्घ (इयु) को व्यापार नीतिका प्रभारी युरोपेली आयोगले फ्रान्सेली सरकारको टिप्पणीलाई पुष्टि गरेन । ‘जब व्यापार नीतिको कुरा आउँछ फ्रान्स युरोपेली सङ्घको तर्फबाट बोल्दैन । हामी बोल्छौँ’, आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले ब्रसेल्समा पत्रकारहरूलाई भने ।

भन डेर लेयन युरोपेली सङ्घका नेताहरूसँग सम्पर्कमा रहेको नवक्ताले पुष्टि गरेका छन् । ‘स्पष्ट रूपमा यस महत्त्वपूर्ण विषयमा हामीले विभिन्न नेताहरूको इनपुटसहित वास्तवमै एक समन्वित प्रतिक्रिया पाउन सकौँ भनेर अध्यक्ष युरोपेली सङ्घभर नेताहरूसँग सम्पर्कमा रहनुभएको छ”, प्रवक्ता पाउला पिन्होले एक पत्रकार सम्मेलनमा भने ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal