Skip to content

सिँचाइसम्बन्धी समस्या समाधान हुन्छः मन्त्री बस्नेत

nabil
global ime

हेटौँडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले सिँचाइसम्बन्धी सबै समाधान गर्ने गरी काम गरिरहेको बताएका छन् । मकवानपुरमा जारी माझी राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनमा आज उनले कृषिमा आत्मनिर्भर बनाउनका हरेक किसानको खेतमा सिँचाइको व्यवस्था गर्न सरकार लागिपरेको बताए । 

उनले जनताको आर्थिक र सामाजिक जीवनमा परिवर्तन ल्याउन वर्तमान सरकारको नेतृत्व गरिरहेको दलले नै व्यवस्था बदलेका कारण पनि जनताको अवस्था बदल्ने वातावरण सिर्जना गर्दै लैजान जनमुखी बजेट ल्याउनेसमेत बताए । उनले देशमा आर्थिक समृद्धि र सशासन कायम गर्न वर्तमान सरकार लागिरहेको बताए । 

मन्त्री बस्नेतले उत्पीडित र विषेश जातिहरूको संरक्षण राज्यले नै गर्ने बताउँदै राज्यको व्यवस्था परिवर्तनसँगै संविधानले गाँस, बास र कपासको सुनिश्चितता गर्नुपर्ने बताए । 

त्यस अवसरमा पूर्वसभामुख ओनसरी घर्तीमगरले जातीय उत्पीडनका निम्ति नै सङ्गठन बनेका कारण एकढिक्का बन्न आग्रह गर्दै माझीका अधिकारलाई स्थापित गर्न लागिपर्ने बताए ।

 

पूर्वमन्त्री सुदन किरातीले माझी समुदायले आफ्नो संस्कृतिको जगेर्ना गर्दै अधिकार स्थापित गर्न र पहिचान जोगाउन लागिपर्नुपर्ने बताए । 

माझी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तुलाबहादुर माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सङ्घीय सांसद उर्मिला माझी, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरका इन्चार्ज विजय गौतम, जिल्ला संयोजक सर्केश घलानलगायतको उपस्थिति  थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima