Skip to content

सुनको मूल्य तोलामा एकैदिन ३९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ९०० रुपैयाँले घटेर कारोबार भइरहेको हो ।

अघिल्लो दिन हालसम्मकै उच्च मूल्यको किर्तीमान कायम गरेको सुन आज तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १ सय २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ८ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi