Skip to content

आज सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी,  बिहीबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T