काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्