Skip to content

नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

nabil bank

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ती राहत सामाग्री हस्तान्तरण गरेका हुन् । परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

सो अवसरमा परराष्ट्र सचिव अमृत बहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागि थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime