Skip to content
Prabhu

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी । कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो ।

चुरेका विभिन्न खोलाको पानी नहर संरचना निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ बिस्तार गर्न सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सुरु गरिएको भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदानबाट विनियोजित रु झण्डै एक करोडको लागतमा छवटा सिँचाइ योजना उपभोक्त समितिमार्फत निर्माण सुरु भएको कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले बताए ।

कार्यालयले दिएको जानकारीअनुसार खैरालाखोला सिँचाइ योजनामा रु १५ लाख, रानी भुकुडामा २० लाख, भुकुडा खोलामा १५ लाख, कुमैनामा १५ लाख, आमपानी खोलामा १५ लाख र बुङ्गा खोलामा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

तरकारी र फलफूलखेतीको पकेट क्षेत्रका रूपमा चिनिने चुरेमा सिँचाइ अभावका कारण किसानले आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहँदै आएको स्थानीय टेकबहादुर शाहले बताए । सिँचाइ योजनाले समस्यामा परेका किसालाई राहत मिल्ने उनको भनाइ छ ।

निर्माण सुरु गरिएका सबै क्रमागत योजना रहेको डिभिजन कार्यालयले जनाएको छ । चुरे गाउँपालिका सबै वडामा बेमौसमी तरकारी, सुन्तला, कागती, अमिलो, अदुवालगायत अन्य दलहन बालीका लागि पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

विभिन्न वडामा निर्माण सुरु भएका सिँचाइ योजना सम्पन्नपश्चात किसानका खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal