Skip to content

‘स्वनिगः’ सहरको नजिकै नयाँ पर्यटकीय गन्तव्य

nabil bank

काठमाडौं । आज नेपाली वर्ष २०८२ को पहिलो दिन स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुस्थित आफ्नो जमिनलाई अत्याधुनिक पाँचतारे सम्पत्तिमा विकास गर्ने उद्देश्यले एक महत्वपूर्ण कदम चाल्दै स्थानीय समुदायका अगुवाहरुको सहभागितामा भूमि पुजा कार्यक्रम सम्पन्न गरेको छ । यो परियोजनामा एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम–सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू समावेश हुनेछन् । उक्त प्रोपर्टी नयाँ नेपाली ब्रान्ड ‘स्वनिगः’ अन्तर्गत सञ्चालन हुनेछ ।

स्वनिगः नेवारी शब्द हो जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो । स्वनिगः उक्त परियोजनाको लागि उपयुक्त नाम हो, जसले यी सहरहरूमा सहअस्तित्वमा रहेको स्थापत्य (पर्फर्मिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृंखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ, जुन ‘सुतिरहेका बुद्ध शाक्यमुनि’को अगाडिपट्टि रहे जस्तो देखिन्छ । यहाँबाट उपत्यकाका प्राचीन तीन सहर येँ, यलः र ख्वपःका विहंगम दृश्य देखिन्छ ।

यो महत्वाकांक्षी परियोजना नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य हुनेछ ।
यो गन्तव्यले स्थानीय समुदायको उत्थान गर्दै नेपाली र स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने लक्ष्य राख्नेछ । यो परियोजनालाई नेपाली तथा विदेशी पाहुनाका निम्ति बिलासी पर्यटकीय गन्तव्य र गुणस्तरीय तथा स्वस्थ जीवनशैलीमा जोड दिने परिपूर्ण वेलनेस सेन्टरका रुपमा विकास गरिनेछ । पाइलट बाबाको आशीर्वादले यो परियोजनाले पाइलट बाबा आश्रमलाई यो गन्तव्य परियोजनाको एक अनिवार्य अंगको रूपमा समेट्ने सौभाग्य प्राप्त गरेको छ । यसले विश्राम, आध्यात्मिकता, कला÷संस्कृति, खेलकुद र लाइफस्टाइल अतिथि सत्कारको अद्वितीय समिश्रण प्रस्तुत गर्नेछ ।
यो परियोजना इम्प्लिमेन्टिङ एक्सपर्टस् ग्रुप (आईईजी) ले एस एन्ड जेजी होल्डिङ्स (अस्ट्रेलिया) सँगको संयुक्त उपक्रममा सञ्चालन गरिरहेको छ । आइईजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुबर्णकृष्ण श्रेष्ठले गरिरहेका छन्, जसले ५० वर्षदेखि मन्दिर, सत्तल जस्ता विशाल संरचनाहरूको निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा प्रशंसा र पुरस्कार जितेका छन् । उनीहरू समिट होटल, एयरपोर्ट होटल र निर्माणाधीन ओएसिस होटलमा लगानी गरेर अतिथि सत्कार परियोजनाहरूमा पनि संलग्न छन् । अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट्स प्रालि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) कम्पनी हो ।

यसमा विश्वव्यापी रूपमा शिक्षा, अतिथि सत्कार तथा रियल स्टेट क्षेत्रमा सक्रिय अगुवा गैरआवासीय नेपाली (एनआरएन) मध्येमा पर्ने शेष घले र जमुना घले गुरुङको स्वामित्व छ । एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआईटी ग्रुप होल्डिङ्समार्फत यसअघि नै काठमाडौंको मुटु कान्तिपथमा एउटा पाँचतारे होटल निर्माण गरिसकेको छ । उक्त बिलासी पाँचतारे होटल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने र अतिथि सत्कार क्षेत्रमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको परियोजना बन्ने अपेक्षा गरिएको छ । एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायिक अवसरहरुको सक्रियतापूर्वक अन्वेषण गरिरहेको छ । र ऊर्जा क्षेत्रमा पनि हात हाल्ने यसको लक्ष्य छ । अन्तर्राष्ट्रिय व्यावसायिक गतिविधिमा संलग्नताबाहेक शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष पनि हुन् । उनी नेपाल र विदेशका धेरै परोपकारी सामाजिक संस्थाहरुमा जोडिएका छन् ।

४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी रहने अनुमान गरिएको यो परियोजनामा टाइम–सेयर मोडलका ६० वटा भिल्ला रिसोर्ट र एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल रहनेछ । यो परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको छ । यो सम्पत्ति माइस (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स, एक्जिबिसन), इभेन्ट, अन्तर्राष्ट्रिय सेमिनार, डेस्टिनेसन वेडिङ हब (वैवाहिक कार्यक्रमको गन्तव्य), लाइभ संगीत प्रदर्शनस्थल, एम्फिथिएटर (कला, संस्कृति र संगीतको जीवन्त प्रदर्शन), योग, ध्यान, आध्यात्मिक साधना र रक क्लाइम्बिङ, हाइकिङ, साइक्लिङ जस्ता खेलकुद गतिविधिहरूमा विशेष जोड दिँदै खानपान र स्वास्थ्य तथा मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life