Skip to content

नेपालमा लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह

 

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रुसको व्यावसायिक संस्थाहरूबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ ।

परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरूबीच बुधबार भएको व्यावसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्।

लगानीका लागि नेपाल उर्बरभूमी रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने उनले बताए। व्यावसायिक भ्रमणको नेतृत्व गरिरहेका रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले देशको विकासका लागि निजी क्षेत्र सक्रिय हुन आवश्यक रहेको बताए।

नेपालमा लगानीका लागि रसियाका उद्योगी व्यवसायी तयार रहेको भन्दै उनले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्त्वपूर्ण काम गर्ने प्रतिक्रिया दिए। दुई देशका व्यवसायीहरूलाई प्रोत्साहन गर्न सँगै काम गर्न तयार रहेको उनको भनाइ छ।

यसैबीच परिसंघ र रसियाका तीन व्यावसायिक संस्थाबीच दुई पक्षीय हितका विषयमा काम गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। रसिया उद्योग वाणिज्य महासंघ, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघ र लिपेस्टिेक उद्योग वाणिज्य संघसँग परिसंघको समझदारी भएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T